१४१ जना डीएसपीको सरुवा

 काठमाण्डौँ - नेपाल प्रहरीका १४१ प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार १४१ जना डीएसपीको सरुवा गरेको हो । 

प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।