हेटौँडा सिमेन्टको उत्पादन बन्द

 मकवानपुर - हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै सिमेन्टको उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगले दुई हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही यन्त्रको मर्मतसम्भार गरेपछि पुनस्सिमेन्टको उत्पादन गर्ने लक्ष्य राखिएको हेटौँडा सिमेन्टले जनाएको छ ।