विश्वकप छनोट : नेपाल र बहराइनबिच आज प्रतिस्पर्धा

काठमाडौँ - फिफा विश्वकप २०२६ छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले आज बहराइनको सामना गर्दै छ । बहराइनको राष्ट्रिय रंगशालमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने यो खेल मैदानको स्तर राम्रो नभएकोले बहराइनमै खेल्न लागिएको हो ।  नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।