एमाले केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल   

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा समूहगत छलफल हुने भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार छलफलका लागि नौवटा समूह बनाइएको छ । छलफल आज  बिहान १० बजेबाट सुरु हुनेछ ।

उनका अनुसार छलफलमा पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय प्रस्ताव भएका छन् । मंगलबारदेखि सुरु भएको बैठक फागुन १० गते सम्म सञ्चालन हुनेछ ।