सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै 

काठमाडौँ - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन् । 
सभामुख घिमिरेले आइतबार बिहान ११ बजे संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेृका हुन् । तर छलफलको विषय भने खुलेको छैन । सभामुख घिमिरेले बिहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।