लक्ष्मी सनराइज बैंकको नाफा घट्यो, एक अर्ब पाँच करोड ९२ लाख रुपैयाँ नाफा आर्जन  

काठमाडौँ ।  लक्ष्मी सनराइज बैंकको नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा १.६६ प्रतिशतले घटेको हो ।

पुस मसान्तसम्म बैंकले एक अर्ब पाँच करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले एक अर्ब सात करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकले पाँच अर्ब ६५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ७६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खराब कर्जामा भने उलेख्य वृद्धि भएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकका खराब कर्जा ४.६७ प्रतिशत कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म बैंकको खराब कर्जा १.५६ प्रतिशत थियो ।