प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । असंलग्न आन्दोलन नामको १९औँ शिखर सम्मेलनमा सहभागी हु युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै केही समय अगाडि काठमाडौंमा अवतरण गरेका हुन् ।

कतार एयरवेजबाट काठमाडौं आइपुग्ने समयमा प्रधानमन्त्रीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान र अवतरण आधा घन्टाका लागि रोकिएका छन् । प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २:१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको थियो । 

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।