सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौँ । आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।