युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

काठमाडौँ - युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन नामको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई आज काठमाडौँ फर्कने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उहाँ नेपाली टोली सहित गएका थिए । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका थिए । दोहाबाट नेपाल फर्किन लागेका आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।