आजको मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव 

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ ।

विभागका अनुसार आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज दिउँसो देशको पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।