नयाँ नोट सटही सुविधा आजबाट बन्द हुने 

काठमाडौँ - नेपाल राष्ट्र बैंकबाट भएको दशैं तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले आज सम्म पाउने भएका छन् । गत सोमबारदेखि राष्ट्र बैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । 

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आजसम्म रहने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन् । 

नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरूले तोकेको शाखाबाट सटही भइरहेको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।