डेंगी संक्रमितको संख्या चार हजार नाघ्यो, तनहुँमा सबैभन्दा धेरै

काठमाडौँ । पछिल्लो केही समययता देशैभर डेंगी संक्रमितको संख्या ह्वात्तै बढेको छ । यो अवधिमा डेंगीबाट दुईजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार ६६९ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ७८१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

काठमाडौँमा ३८०, कास्कीमा ३५१, पर्वतमा १७७, चितवनमा १५७ र झापामा १४९ जना संक्रमित भएका छन् । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

मुस्ताङ, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।