अमेरिकामा राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

एजेन्सी । अमेरिकामा राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता भएको छ । अमेरिकी संसदमा रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् ।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

न्यायिक समितिका प्रमुख जिम जोर्डनले अनुसन्धानबाट बाइडेनले निजी प्रयोजनका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको देखिएको बताए ।

अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् ।