सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ बन्द

 काठमाडौँ - कान्तिपुर टेलिभिजनले कमेडियन सन्दीप क्षेत्रीले सञ्चालन गर्ने कार्यक्रम ‘ह्वाट द फ्लप’ को प्रशारण बन्द गरेको छ ।

टेलिभिजनले सामाजिक सञ्जालमा एक सूचना राख्दै सो जानकारी दिएको हो ।

सो कार्यक्रमको आठौँ एपिसोडमा अभिनेता पल शाहसँगको अन्तरवार्ता प्रशारण गरिएको थियो । उक्त अन्तरवार्तामा सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उक्त एपिसोड युट्यूबबाट हटाइएको थियो । अहिले आएर कान्तिपुर टिभीले ह्वाट द फ्लप नै बन्द गर्ने निर्णय लिएको छ ।

कान्तिपुरले भनेको छ, ‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौँ । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौँ । ’