'सिन्दूर पुछेर बनाइने राष्ट्रिय परिचयपत्र फालिदिए हुन्छ' : केपी ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूले सिन्दूर ९सौभाग्य० पुछेर बनाएको राष्ट्रिय परिचयपत्र फल्दिए पनि हुने बताएका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशको संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको चर्चा गर्दै सिन्दूर पुछेर राष्ट्रिय परिचयपत्र बनाइनु आपत्तिजनक भएको बताएका हुन् ।

‘राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ । त्यहाँ पानी पनि राखिदिएको हुन्छ, रुमाल राखिएको हुन्छ पुछ्नलाई,’ अध्यक्ष ओलीले भने, ‘विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ ।’