'नीति तथा कार्यक्रम जस्तो फिक्का बजेट चाहिँ नहोस्' : शंकर पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रमले मुलुकको विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा हिजो शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रमलाई ‘न नीति, न कार्यक्रम’ को संज्ञा दिदै उनले नीति तथा कार्यक्रममार्फत राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सृजना गरेको बहुआयामिक चुनौतीलाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।