शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

 काठमाण्डौँ - यो दिन पोखरा फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भयो । आज यो कम्पनीको १९ करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै आज सिईडिबि हाईड्रोपावरको १८ करोड ८९ लाख,फर्स्ट माईक्रोफाइनान्सको १३ करोड ४८ लाख,साइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड ४२ लाख र एनआईसी एशिया बैंकको ११ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

यो दिन सामुदायिक लघुवित्त, बुद्धभुमी नेपाल हाईड्रो,भगवती हाईड्रो र नेरुडे मिर्मिरे लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बाराही हाईड्रोको सेयरमूल्य ९.०९,एनआईसी एशिया बैंक ९.०६,माईखोला हाईड्रो ८.२१ र छ्याङदी हाईड्रोको सेयरमूल्य ७.३५ प्रतिशतले बढ्यो ।  

आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.४० प्रतिशतले घट्यो । यो दिन श्रृजनशिल लघुवित्तको सेयरमूल्य ६.३५,मनकामना स्मार्ट लघुवित्तको ५.७९ र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ५.६६ प्रतिशतले घट्यो ।