१० महिनामा रोजगारीका लागि ६ लाख नेपाली विदेशिए

काठमाडौँ - १० महिनामा ६ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उनीहरू रोजगारको लागि विदेश पसेका हुन् । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७ सय ५ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् । गत आर्थिक वर्ष २०७९र८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात ७ थियो । विभागको तथ्याङ्क अनुसार गत आवको वैशाख सम्म वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २ सय ५५ जनाले देश छोडेका थिए ।

विभागका अनुसार वैशाखमा १६ हजार ९ सय ४९ जना मलेसिया, संयुक्त अरब इमिरेट्स यूएईमा १६ हजार ५ सय १२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् ।