रास्वपाले गृहमन्त्रीलाई बुझायो भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव 

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका तर्पmबाट सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता गरेको भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइएको छ । सभापति रवि लामिछानेसहितका सांसद शुक्रबार मन्त्रालय पुगेर नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका छन् ।

‘हाम्रो पार्टीको एजेन्डा भनेकै भ्रष्टाचारी र बेथितिको अन्त्य हो,’ प्रस्ताव बुझाउँदै लामिछानेले भने, ‘भ्रष्टाचारको फाइल खोलिनु सुखद हो  । अहिले भइरहेको छानबिन निष्पक्ष होस्  । यस विषयमा हाम्रो पार्टीले संसद्मा संकल्प प्रस्तावसमेत दर्ता गरिसकेको छ  । त्यसमा सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।’