बाल यौन दुरुपयोग : मदन राईविरुद्ध दोस्रोपटक म्याद थप

काठमाण्डौँ - बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ शुभमका संस्थापक मदन राईविरुद्ध दोस्रोपटक म्याद थप गरिएको छ । 

खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार राईविरुद्ध जिल्ला अदालतबाट थप ८ दिन म्याद लिइएको हो । यसअघि प्रहरीले ७ दिन म्याद पाएको थियो ।