यार्सागुम्बा संकलन गर्न मुगुका पाटनहरु खुल्ला 

मुगु - मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकाका विभिन्न  वन क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि शुक्रबारदेखि वन प्रवेश खुल्ला गरिएको छ । 

यार्सागुम्बा संकलनका लागि जिल्लाबासी र बाहिरी जिल्लाहरुबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो ।  वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताहरुले मात्र वन प्रवेश अनुमति पाउने मुगुमकार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।