सरकारद्वारा अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त

 


काठमाडौँ  - सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले डा। विश्वनाथ पौडेल, डा। पोषराज पाण्डे र डा। गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्।

अर्थमा पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने महतले जनाएका छन्। पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन् ।