तामाकोशी नदीमा नुहाउन गएका दोलखाका दुई युवा बेपत्ता

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका ८ मा तामाकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ८ का अन्दाजी २७ वर्षिय जय बहादुर तामाङ र अन्दाजी २५ वर्षिय सिमबहादुर तामाङ रहेका छन् ।

उनीहरु गौरीशंकर गाउँपालिका वडा नम्बर ८ को वगुवा टुनिटार दोभानमा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएका हुन् । उनीहरु शुक्रबार दिउँसो मलामी गएर फर्किएपछि नुहाउन नदीमा गएका थिए ।

शुक्रबार दिउँसो देखि बेपत्ता उनीहरुलाई हालसम्म फेला पार्न नसकिएको स्थानीय लक्ष्मण बुढाथोकीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय सिंगटीले घट्नाबारे जानकारी आएपछि खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।