आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्नुपर्ने बताएका छन् ।

नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाउन केन्द्रित हुनुपर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने बताए ।

पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए ।

“सामाजिक आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।