राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशाला आफैँले संरक्षण गर्ने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैँले संरक्षण गर्ने भएको छ ।

लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब राखेप आफैँले संरक्षण गर्ने भएको हो ।

मंगलबारदेखि संरक्षणको प्रारम्भिक कार्य सुरु  गरिने भएको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वर्द्धन राखेपले नै गर्ने उल्लेख छ ।

उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्ति राखेपले व्यवस्था गरिसकेको छ ।