आयरल्यान्ड उल्भ्स र गुजरातमा हुने सिरिजको लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा 

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले आयरल्यान्ड उल्भ्स र गुजरातमा हुने सिरिजको लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा यसअघि हङकङ सिरिजमा गएको टोलीमध्ये आरिफ शेख, विनोद भण्डारी, लोकेस बम लगायतका खेलाडी बाहिरिएका छन् ।

टोलीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवके यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, अबिनाश बोहरा र आकाश चन्द छन् ।

यो टोलीले घरेलु मैदानमा आयरल्याण्ड उल्भ्ससँग दुई खेल तथा भारतको भापीमा गुजरात र बरोडासँग दुई–दुई वटा टी २० खेल खेल्नेछ ।
भारतमा हुने खेल ३१ मार्चदेखि ७ अप्रिलसम्म हुनेछ ।