प्रधानमन्त्री आफैं सप्रिन्छु भन्छन्, सरकार पूर्ण असफल भयो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै अध्यक्ष ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् ।

मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको पनि दोहोर्याए ।

सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताए । अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गरे । अध्यक्ष ओलीले सरकारको असफलताले देशमा गरिवी बढिरहेको समेत बताए ।