असोज महिना लागि ६ बैंकले घटाए ब्याजदर, सबैभन्दा बढी घटाउने कुन बैंक ? 

काठमाडौँ - वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघले बैंकहरूलाई आफूखुसी ब्याजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैंकहरूले आआफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।

असोज १ गतेबाट लागू हुने गरी २१ वटा वाणिज्य बैंकहरू मध्ये १७ वटाले बैंकले नयाँ ब्याँजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैङ्कहरूले असोज महिनाका लागि ब्याँजदर घटाएर सूचना प्रकाशित गरेका छन् ।

असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंक छन्। यी बैंकहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याजदर घटाउँदै नयाँ ब्याँजदर सार्वजनिक गरेका हुन् ।

असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरू मध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो । भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ। असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७।२९३ प्रतिशत ब्याँज प्रदान गर्ने भएको छ।

भदै महिनामा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो। यस्तै, सिटिजन बैंकले पनि भदौ महिनाको तुलनामा ०.८४६ प्रतिशतले ब्याँजदर घटाएको छ ।

बैंकले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याँजदर कायम गरेको छ। भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो । 


कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याँजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो । भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।

त्यसै गरी, राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो । बैङ्कले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याज दिएको थियो ।

लक्ष्मी सनराइजले पनि नयाँ ब्याँजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याँजदर तोकेको छ । बैंकले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याँजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।