सुनको भाउ बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुग्यो

काठमाण्डौँ - सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।
तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।