चार दलको समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौँ - नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितका चार दलले आज सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो । राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत मोर्चाको औपचारिक घोषणा हुने बताइएको छ ।