कुलोमा डुबेर १८ वर्षीय युवकको मृत्यु    

काठमाडौँ । कैलालीमा गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर युवकको ज्यान गएको छ। लम्कीचुहा नगरपालिका- ५ थापापुरका १८ वर्षीय कैलाश विष्टको मृत्यु भएको हो।

जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा उनी मंगलबार दिउँसो पानीमा डुबेका हुन्। सात जना सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता भएका थिए। 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार उनलाई साँझ ५ बजेतिर फेला पारिएको थियो। 

प्रहरीका अनुसार विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन्।