बेपत्ताको खोजी कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन

काठमाडाैँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन संखुवासभाको तुम्लिङटार पुगेका प्रधानमन्त्री प्रचण्डले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका हुन्।

आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए।