माओवादी केन्द्रका चार पदाधिकारीसहित २० सदस्यीय टोली चीन प्रस्थान

काठमाडौँ - सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकरी दिए । उनीहरु आज छिन्दु प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रीय नेताहरु रहेको मैनालीले बताए । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।