छोएको भरमा निको बनाउँछु भन्ने भाइरल  ‘सीमान्त गुरु’को ‘क्लिनिक’ प्रहरीद्धारा बन्द

 काठमाडौँ - हेरेको भरमा जुनसुकै रोग पनि निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल ‘सीमान्त गुरु’ को नामले भाइरल व्यक्तिको ‘क्लिनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको कार्यालय बन्द गरेको हो । ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आएका थिए ।

सर्वसाधारणबाट ठगीको उजुरी आएपछि शुक्रबारबाट बन्द गराएको  बन्द गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले बताए । टिकटक र फेसबुकमा ‘सीमान्त गुरु’ नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा कार्यालय राखेका थिए । त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो ।