सिन्धुपाल्चोक दुर्घटना : मृतक तीनजनाको पहिचान खुल्यो {अपडेट}

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् । 
दोलखाबाट जन्ती लिएर आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा ५२ जना घाइते भएका छन् ।