गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै सिंहदरबारमा प्रदर्शन गर्ने कार्यकर्ता पक्राउ 

काठमाडौँ - उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ नेविसंघले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् । 

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।