{UPDATE}निसीखोला बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो !

 काठमाण्डौँ - बागलुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ जना पुगेको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

 उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला रहेका छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ । बस सडकदेखि एक सय ५० मिटर तल खसेको थियो ।