संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरण भएको अध्यक्ष कमल थापाको टिप्पणी

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरण भएको समेत टिप्पणी गरेका छन् ।

आज पार्टीद्वारा काठमाडौँमा आयोजित त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा वामपन्थी बिचारको वर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको बताए । 

जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै अध्यक्ष थापाले अर्बौँ खर्च गरेर योजनाबद्ध रूपमा नेपाली धर्म संस्कृति नष्ट गरेको दाबी गरे ।

देश वैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको औल्याउँदै उनmे कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको बताए ।