'सङ्घीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धी कानुन परिमार्जन गर्छौं' : सञ्चारमन्त्री शर्मा

 काठमाण्डौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सङ्घीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानुन परिमार्जन गर्न लागेको बताएकी छिन् । 

आइतबार राष्ट्रिय समाचार समिति राससको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानुनहरुमा संशोधन गरी नयाँ कानुन बनाउने तयारी गरेको बताए । 

सञ्चारमन्त्री शर्माले भनिन्, ‘‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरुसँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनामा अनुरुप स्थानीय तहसम्म नै अनुभूति हुनेगरी कानुनहरुमा संशोधन परिमार्जन एवम् नयाँ कानुन बनाई समसामयीक सुधार गर्न लागिपरेको छ । नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षहरुको सकारात्मक सहयोग गर्न आह्वान गर्न चाहन्छु ।’’