बोक्सी आरोपमा हत्या गरेर फरार दुई आरोपी पक्राउ

काठमाडौँ ।  बोक्सी आरोपमा हत्या गरेर फरार रहेको दुई जना आरोपीलाई प्रहरी पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ  गरेको हो ।

उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।

हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको एसपी मिलन केसीले बताए ।