आगलागी हुँदा एक महिलाको मृत्यु  

काठमाडौँ ।  लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, स्यागेमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घर समेत जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । 

श्रेष्ठ परिवार बेँसीसहर नगरपालिका–२ घर भई करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो ।