तीनकुनेमा चार जनाको हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा 

काठमाडौँ - काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले छोडेको छ ।
हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले सिन्धुपाल्चोक, बाह्रबीसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।
गएको शुक्रबार मध्यराति गैरीगाउँस्थित दिव्य समिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीया सुमित्रा भुजेलको हत्या भएको थियो ।