कवाडी व्यवसायीद्धारा काठमाडौँ महानगरको कार्यालय घेराउ

काठमाडौँ । कवाडी व्यवसायीले काठमाडौँ महानगरपालिको कार्यालय घेराउ गराउ गरेका छन् ।

कवाडी संकलन गरेर राख्ने ठाउँहरूमा डोजर चलाएपछि महानगरपालिकाविरुद्ध आन्दोलनमा उत्रिएका कवाडी व्यवसायी गत फागुनदेखि नै उनीहरूले आन्दोलन सुरु गरेका थिए।

केही समय आन्दोलन रोकिए पनि व्यवसायीले पुनः विरोध प्रदर्शन सुरु गरेका हुन्। मंगलबार कवाडी व्यवसायीले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरे।

प्रदर्शनमा सहभागी व्यवसायी र कवाडी संकलकहरूले महानगरपालिका र मेयरविरुद्ध नाराबाजीसमेत गरेका थिए।