सिराहामा कुटपिटबाट एक युवकको हत्या, पाँच जना पक्राउ

काठमाडौँ । सिरहामा युवक हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–१२, ठठियाका ३० वर्षीय राकेश यादवको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका–१, गौराहाका २० वर्षीय आनन्द सदायसहित पाँचजना छन् । सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शनिबार राति उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको उपचारका क्रममा मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।