भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै रकम असुल्ने चारजना पक्राउ  

काठमाडौँ । आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै रकम असुल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेका हो । गोकर्णेश्वर नगरपालिकाभित्र गैह्र कानुनी रुपमा ‘बेथिति एवं भ्रष्टाचार विरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर विभिन्न वडाहरुमा त्यसका शाखाहरु समेत अवैध रुपमा विस्तार गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरुले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गएर भ्रष्टाचा