मोरङमा चट्याङ लागेर एक किशोरीको मृत्यु

काठमाडौँ । मोरङको रतुवामाई नगरपालिकामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहान चट्याङ लागेर रतुवामाई–४ झुर्कियाकी १६ वर्षीया विपना महतोको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बिहान वर्षासँगै परेको चट्याङबाट महतोको मृत्यु भएको जानकारी दिए।

बस्नेतले बिहान करिब साढे ७ बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी महतोको रंगेली अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता बस्नेतको भनाइ छ।

चट्याङ लागेर बेहोस भएकी महतोलाई अस्पताल पुराएपछि चिकित्सकले साढे ८ बजे मृत घोषित गरेका थिए।