प्रतिनिधिसभामा बजेटका शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहने

 काठमाडौँ - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहनेछ ।

आज गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय अन्तर्गत बजेटका शीर्षकमाथि छलफल हुनेछ ।