'क्यान्टोनमेन्ट भ्रष्टाचारमा दोषी ठहरिए जेल जान तयार छु' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्यान्टोनमेन्टमा घोटाला भएको भन्ने आरोपका लागि आरोप मात्रै भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै रूजु भइसकेको विषयलाई राजनीतिक पूर्वाग्रहहको रूपमा उठाउने गरिएको भन्दै आश्चार्यमा परेको बताए ।

क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्यान्टोन्मेटको भौतिक पूर्वाधार र रासनका लागि राज्यकोषबाट दिइएको रकमको अडिट रेकर्ड रहेको उनले जानकारी दिए । क्यान्टोनमेन्टको विषय कपोकल्पीत र पूर्वाग्रही रहेको भन्दै उनले छानबिन गरेर दोषी ठहरिए आफू जेल जान तयार रहेको बताए ।