'दरबार हत्याकाण्ड, दासढुंगा र गौर हत्याकाण्डको छानबिन हुन्छ' : दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका ठूला हत्याकाण्डको नयाँ ढंगले छानबिन गरिनुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रभु शाहले गौर हत्याकाण्डकोबारेमा सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले रौतहटको गौर हत्याकाण्ड, राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड र नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको रहस्यमय दासढुंगा हत्याकाण्डको नयाँ शिराबाट गरिनुपर्ने बताएका हुन् । 

विभत्स र भयानक हत्याकाण्डको अनुसन्धानका लागि सबैले विभर्श गर्नुपर्ने पनि उनले बताए ।