'जटिलता फुकाएर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ' : प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीको विषयमा सरकार गम्भीर भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसद गंगाराम चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको तर केही व्यवहारिक र कानूनी जटिलटा फुकाउन बाँकी रहेको बताए । जटिलटा फुकाएर प्रतिवेदन सार्वजनिक गर्न सकिने प्रधानमन्त्रीले बताए ।